
काठमाडौंः डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–८ बौद्ध बेशीगाउँ बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका ४० वर्षीय खिल बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र पीडित राहत कोषमा १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति भराउने सजाय ठहर भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ बौद्ध बेशीगाउँबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको छ ।