२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

Nada
२०८२ चैत ११ गते १४:४३
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने कास्की रूपा गाउँपालिका–५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका–१६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा नगरपालिका–१० बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका–६ घर भएका ३७ वर्षीय काशिराम दर्जी र काठमाडौं टोखा नगरपालिका–८ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका २५ वर्षीया सरस्वती भण्डारी रहेका छन् ।   

पक्राउ मध्ये बिकलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, धनिरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ, काशिरामले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ र सरस्वतीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४६ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकललाई काठमाडौं महानगरपलिका–२८ बाट र धनिरामलाई काठमाडौं महानगरपालिका–६ बाट सोमबार तथा काशिरामलाई काठमाडौं टोखा नगरपालिका–१० बाट र सरस्वतीलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर