२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बोक्सीको आरोपमा कुटपिट, एक जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ २ गते २१:५८
Shares
बोक्सीको आरोपमा कुटपिट, एक जना पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले बोक्सीको आरोपमा अमानवीय व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । 

ncell

घटना विवरण अनुसार गत वैशाख १९ गते रौतहटको कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोलमा एक ५५ वर्षीया एकल महिलामाथि सोही स्थान बस्ने गौरी साह कलवार लगायतका व्यक्तिहरूले सांघातिक हमला गरेका थिए ।

आफ्नो आफन्तलाई बिरामी पारेको भन्दै ती महिलालाई बोक्सीको झुठो आरोप लगाई गालीगलौज, लछारपछार र कुटपिट गरिएको थियो। मानवताको पराकाष्ठा नाघ्दै समूहले ती महिलालाई मलमुत्र समेत खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरेका थिए । उक्त घटना पश्चात् फरार रहेका अभियुक्त मध्येका एक राजेन्द्र माझीलाई प्रहरीले विशेष सूचनाको आधारमा जेठ १ गते पक्राउ गरेको हो । 

त्यसैगरी रौतहट प्रहरीले बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका अर्का एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका वडा नं. ९ का राजेश कुमार साहको जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्दामा चन्द्रनिगाहापुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ३८ वर्षीय सफरुदिन कुमार देवान संलग्न रहेका थिए ।

प्रहरी टोलीले उनलाई पनि जेठ १ गते नै फेला पारी नियन्त्रणमा लिएको हो । देवानमाथि बैंकिङ कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका दुवै प्रतिवादीहरूलाई हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ ।

‘समाजमा हुने यस्ता जघन्य र अमानवीय अपराधका दोषीहरूलाई कुनै पनि हालतमा छोडिने छैन,’ डीएसपी बस्यालले भने ‘फरार रहेका अन्य व्यक्तिको खोजी कार्य पनि जारी छ ।’

ताजा खबर

सम्बन्धित खबर