२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भरुवा बन्दुक, छर्रा र बारुदसहित दुई पक्राउ

Nada
विनोद निगम
२०८३ जेठ ७ गते २०:५१
Shares
भरुवा बन्दुक, छर्रा र बारुदसहित दुई पक्राउ

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका क्षेत्रमा भरुवा बन्दुक, छर्रा र बारुदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयबाट प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

ncell

जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार बिहीबार बिहान करिब ११ बजे बर्दघाट नगरपालिका–४ शिवशक्ति टोल निवासी ४३ वर्षीय विजय पौडेल आफ्नै घरअगाडि बन्दुक बोकी एक साथीसँग पारिजात जंगलतर्फ गएको भन्ने सूचना स्थानीयवासीमार्फत प्रहरीसम्म पुगेको थियो ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा इलाका प्रहरी कार्यालय बर्दघाट बाट संयुक्त प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । टोलीले खोजतलास गर्ने क्रममा बर्दघाट नगरपालिका–४ स्थित मर्चाघोलाबाट विजय पौडेललाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पौडेलको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको छ । घटनाको अनुसन्धान विस्तार गर्ने क्रममा प्रहरीले चिसापानी निवासी ५० वर्षीय बखत रानालाई समेत नियन्त्रणमा लिएको जनाएको छ । रानाको साथबाट ७४ वटा छर्रा र दुई बट्टा बारुद बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको हतियार तथा विस्फोटक सामग्रीको प्रयोग, उद्देश्य र अन्य सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रहरी निरीक्षक तथा सूचना अधिकारी सोम दास ढकालले नवलपरासी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 

प्रहरीका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा अवैध हतियारसम्बन्धी गतिविधि नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर