२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खुकुरी प्रहारबाट महिला गम्भीर घाइते

Nada
बिन्द्र राई
२०८३ जेठ ७ गते २१:५१
Shares
खुकुरी प्रहारबाट महिला गम्भीर घाइते

उदयपुर : त्रियुगा नगरपालिका–२ संगम टोलमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । बिहीबार बिहान भएको घटनामा स्थानीय अन्दाजी २९ वर्षीया सुमा राई घाइते भएकी हुन् । 

ncell

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा सुमा राईमाथि उनकै मामा नाता पर्ने अन्दाजी ४३ वर्षीय बिनोद राई ले खुकुरी प्रहार गरेका हुन् । 
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विष्णु बहादुर खड्का को नेतृत्वमा संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सुमा राईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन् । उनलाई जिल्ला अस्पताल उदयपुर मा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

आक्रमणमा संलग्न बिनोद राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर