२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १७:१२
सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौंः सुन जस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । अवैध रूपमा संकलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलो रंगको धातु करिब ५० ग्राम तौलको २ थान सिक्रीसहित विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–५ स्थायी वतन भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ स्थायी वतन भएका २२ वर्षीया नारायण थापा रहेका छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise