२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

क्यानडा पठाइदिन्छु भनी पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८१ साउन ३१ गते १७:३९
Shares
क्यानडा पठाइदिन्छु भनी पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–१० बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

महाविरले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जनाबाट ५ लाख २० हजार रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर