२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन ३२ गते १२:५९
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दियाः १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै, मोरङमा १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–४ बस्ने ३५ वर्षीय जोसन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise