२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चरिकोटमा एकदिने बृहत् लाखे प्रदर्शनी हुँदै

ADV
राजकुमार भुजेल
२०८१ साउन ३२ गते २१:०५
चरिकोटमा एकदिने बृहत् लाखे प्रदर्शनी हुँदै

दोलखा : दोलखामा एकदिने बृहत् लाखे प्रदर्शनी हुने भएको छ । लालिगुराँस युवा क्लब चरिकोटको आयोजना तथा भिमेश्वर नगरपालिकाको प्रवद्र्धनमा आउँदो भदौ ६ गते दोलखालगायत विभिन्न सात जिल्लाको लाखे नाच प्रदर्शन गर्ने गरी बृहत् लाखे प्रदर्शनी हुने भएको हो ।

शुक्रबार भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरलगायत स्थानीय जनप्रतिनिधि र संस्थाका पदाधिकारीले महोत्सवको ब्यानर सार्वजनिक गर्दै यसबारे जानकारी दिए । योसँगै महोत्सवको औपचारिक प्रचारप्रसार शुरु भएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताए । उनका अनुसार क्लबले जिल्लाको जिरी, मैनापोखरी, मागापौवा, किर्नेटार, सिंगटी, ॐलगायत विभिन्न ठाउँमा लाखे नाच प्रदर्शन गर्दै आएको छ । 

नगरप्रमुख मानन्धरले सदरमुकाम चरिकोटमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले विभिन्न जिल्लाका नेवार समुदायको कला–संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने बताए । प्रदर्शनीको नारा ‘हाम्रो संस्कृति हाम्रो पहिचान, पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान’ राखिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise