२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

हत्या गरेको अभियोगमा एक जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ भदौ ३ गते १७:३३
हत्या गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दीः मालिका गाउँपालिका-३ डाडाँगाउँ बस्ने ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय दलविर सिर्पालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा दलविरले धारिलो हतियार प्रहार गर्दा बिना कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट धारिलो हतियार दाउ, हँसिया र बञ्चरो फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise