२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुनको सिक्री लुटपाट गर्ने ३ जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १२:५४
सुनको सिक्री लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौंः सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् । 

भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । 

यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise