२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १३:४७
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका–९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् । 

पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise