२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १०:४८
झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौँ : झापामा एक १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा उनीमाथि सामूहिक बलात्कार भएको हो ।

अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर रहेका छन् । त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् । घटनामा संलग्न एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापा प्रहरीका अनुसार अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेका थिए । त्यसपछि अर्जुनधारा-७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो ।

होटलमा होटल मालिकसहित चार जना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । राजवंशी होटल सञ्चालक हुन् । सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise