२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १२:४१
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौंः अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका–२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ किलो १ सय ८० ग्राम र तराजु १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस्तै, ललितपुरको ललितपुर महानगरपालिका–१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे एण्ड स्नोकर हाउसबाट नियन्त्रित लागूऔषध ट्रामानिल ६ सय २ ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ५० ग्रामसहित क्याफे संचालक धादिङ रूबी भ्याली गाउँपालिका–५ घर भएका ४६ वर्षीय दल बहादुर तामाङ समेत १९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले क्याफेबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise