२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

अर्घाखाँचीमा मामाले गरे भान्जाको हत्या

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक २८ गते २१:००
अर्घाखाँचीमा मामाले गरे भान्जाको हत्या

अर्घाखाँची : अर्घाखाँचीमा मदिरा सेवन गरी मामा भान्जाबीच  विवाद हुँदा मामाले भान्जाको हत्या गरेका छन् ।

हत्या आरोपमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ साना ढुंग्रेका ५३ वर्षीय झन्द्र बहादुर गाहालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । उनले  आफ्नै भान्जा तिलक रेश्मीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

जिल्ला प्रहरी प्रमुख  डीएसपी चक्र मल्लले जानकारी दिए । मंगलबार बिहान सानाढुंग्रेस्थित भिरपाखोमा ३५ वर्षीय रेश्मी मृत अवस्थामा भेटिएको पत्रकार सम्मेलनमा डिएसपी मल्लले बताए । मृत फेला परेको भन्ने जानकारी पाउन साथ ईलाका  प्रहरी कार्यालय ठाडाको टोली घटनास्थलमा पुगेको थियो । आरोपित गाहालाई पक्राउ गरी  अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकारी बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनकै मामा गाहाले भान्जा तिलक रेष्मीको हत्या गरेको खुलेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक  मल्लले  पत्रकार सम्मेलनमा पुष्टि गरे । उनीहरु २६ गते साँझ ६ बजेतिरसँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा खाने क्रममा विवाद भएपछि   गाहाले भान्जा रेश्मीलाई गाली गलौज गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

साढे ६ बजेतिर रेश्मी मामा गाहाकै घरमा गएर मलाई किन गाली गरेको भन्दै विवाद गर्न पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ । त्यसपछि सोही राति ११ बजेतिर मामा गाहाले भान्जा रेश्मीको हत्या गरेको अनुसन्धानमा  खुलेको  प्रहरीले जनाएको छ ।

राति अबेरसम्म रेश्मी घर नआएपछि परिवारका सदस्यले साथीकोमा गए होलान् भन्दै खोजी नगरेको पारिवारिक श्रोतले जनाएको छ । 

हत्यापछि मनोजबहादुर गाहाको खर्यान भिरपाखामा लगेर मामाले शव फालेको खुलेको छ । रेश्मीलाई ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरीले दाबी गरेको छ  । पक्राउ परेका गाहालाई कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise