२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एकीकृत समाजवादीले टुंग्यायो १३ उम्मेदवार

Nada
२०८१ मंसिर १ गते २२:००
Shares
एकीकृत समाजवादीले टुंग्यायो १३ उम्मेदवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि १३ उम्मेदवार टुंगो लगाएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त ४४ पदमा हुन लागेको उपनिर्वाचनमा नेकपा एसले अहिलेसम्म १३ उम्मेदवार टुंग्याएको हो ।

ncell

सम्बन्धित कमिटीबाट नाम आउने क्रम जारी रहेकाले अहिलेसम्म १३ जना  उम्मेदवार टुंगो लागिसकेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए ।

उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध रहेका दलहरुसँग चुनावी तालमेलको छलफल चलिरहेकाले सबै ठाउँमा उम्मेदवार टुंगो लाग्न बाँकी रहेको उनले बताए । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर उम्मेदवारी दर्ता हुँदैछ ।

कहाँ–को उम्मेदार ?

कोशी

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष  दिलबहादुर विश्वकर्मा
सुनसरीको गढी गाउँपलिका वडा नं ६ वडाध्यक्ष  डोमी उराव
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष  निर्मला चौधरी

मधेश

धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष गोपालीसाह
रौतहटको गढीमाइ नगरपालिका वडा नं ८ वडाध्यक्ष वजरंगीप्रसाद यादव
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष सदरे आलम

बागमती

नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष मानबहादुर लामा
मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष बलराम बल
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष रविना खड्का
काठमाडौं महानगरपालिका १६ वडाध्यक्ष मिनबहादुर मानन्धर
कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष रिता खड्का

सुदूरपश्चिम

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष जवा शाही
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.६, वडाध्यक्ष जीतेन्द्र चन्द्र

सम्बन्धित खबर