काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मंसिर १६ मा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ ।
शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको हो ।
सहमतिअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेबारे लिखित सहमति भएको छ ।