२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

संसद भवनभित्र प्रहरी जवानद्वारा आफैंलाई गोली प्रहार गरी आत्महत्या

shivam cement
२०८१ असार ५ गते १०:२६
Shares
संसद भवनभित्र प्रहरी जवानद्वारा आफैंलाई गोली प्रहार गरी आत्महत्या

काठमाडौं : नयाँबानेश्वरस्थित संसद भवन परिसरमा नेपाल प्रहरीका एक जवानले आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । 

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय प्रहरी जवान गोलेले २०७८ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर