२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

विद्यालयका लागि जग्गा दान गर्ने प्रअ कुशवाहा सम्मानित

ADV
कृष्ण तिवारी
२०८१ असार ५ गते १७:४३
विद्यालयका लागि जग्गा दान गर्ने प्रअ कुशवाहा सम्मानित

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका-७ आधारभूत विद्यालय उचिडीहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा सम्मानित भएका छन् । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच प्रधानाध्यापक कुशवाहालाई सोही विद्यालयको व्यवस्थापन समितिले सम्मान गरेको हो । 

विद्यालय भवन निर्माण गर्नका लागि केही दिनअघि मात्र प्रधानाध्यापक कुशवाहाले आफ्नो ३० लाख मूल्य पर्ने १ कठ्ठा ७ धुर जग्गा विद्यालयलाई नि:शुल्क दान गरेका थिए । विद्यालय भवन निर्माण गर्नका लागि आफ्नो लाखौंको जग्गा नि:शुल्क दान गरेर उदाहरणीय एवम् प्रसंशीय काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक कुशवाहालाई गम्छा ओढाएर मायाको चिनो र सम्मान पत्रसहित सम्मान गरेको हो ।

बालबालिकाको भविष्यसँग जोडिएको विद्यालयजस्तो संस्थालाई जग्गा उप्लब्ध गराइ प्रधानाध्यापक कुशवाहाले एतिहासिक काम गरेको भन्दै उनलाई समितिको तर्फबाट सम्मानित गरिएको समितिका अध्यक्ष विन्देश्वरी महतोले बताए ।

आधारभूत विद्यालय उचिडीहलाई लामो समयदेखि जग्गाको अभाव रहेको थियो । विद्यालय भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा बालबालिकाको पढाइमा ठूलो कठिनाइ हुँदै आएको अवस्थालाई मध्यनजर गरी प्रधानाध्यापक कुशवाहाले जग्गा विद्यालयलाई उप्लब्ध गराएका हुन् ।

विद्यालय भवनका लागि आफ्ना निजी जग्गा दान गरेको उच्च कदर एवम् मूल्यांकन गरी आम जनता पार्टीको देवाही गोनाही नगर कमिटी अध्यक्ष वीरवल महतोलेसमेत पार्टीको तर्फबाट उनलाई सम्मान गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise