२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

ADV
मध्यान्ह
२०८१ असार ६ गते १४:५७
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

रुकुम पश्चिम : रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्रि सडकखण्डमा कुलो निर्माणका लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३-००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भइ दुर्घटनामा परेको हो । ट्याक्टर सडकदेखि झण्डै ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, चौरजहारी–१२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा,  चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाइ र २० वर्षीय विकास कुमाइ रहेका छन् । उनीहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise