२०८२ भदौ २७ गते शुक्रवार / Sep 12 , 2025 , Friday
२०८२ भदौ २७ गते शुक्रवार
Ads

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरी

shivam cement
मध्यान्ह
२०८१ असार ६ गते १८:०३
बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा प्रभातफेरी

काठमाडौं : बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । केन्द्रको वार्षिकोत्सव तथा दशौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको तीन दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन बिहीबार तारकेश्वर नगरपालिकामा योग जागरणसम्बन्धी प्रेभातफेरी कार्यक्रम गरिएको हो ।

'गरौ योग- रहौं निरोग, घर घरमा योग जन जनमा योग, महिला सशक्तीकरणका लागि योग, सबैका लागि योग सधैंका लागि योग, रक्तदान जीवनदान'जस्ता नारा लेखिएका प्लेकार्ड र योग जागरणसम्बन्धी  ब्यानरहरुसहित शुरु गरिएको प्रभातफेरीको शुभारम्भ तारकेश्वर नगरपालिका पतञ्जली योग समितिका अध्यक्ष चन्द्र सापकोटाले गरेका थिए ।

सात वटा योग साधना केन्द्रहरु- अर्किड, स्वतभैरव, मिलन बस्ती, गुप्तेश्वर, गोलढुंगा, सेक्रेड हार्ट र तारकेश्वर नगरपालिका खेलकुद संघबाट साधक साधिकाहरुको उल्लेखनीय सहभागिताका साथ प्रभावफेरी कार्यक्रम सम्पन्न भएको केन्द्रले जनाएको छ । कार्यक्रमका बारेमा जनाकारी गराउँदै बज्रयोगिनी साधाना केन्द्रका सचिव राजेन्द्र घिमिरे सागरले बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सव असार ७ गते रहेको र जुन २१ तारिकमा मनाइने अन्तर्राष्ट्रिय योग दिवससमेत सोही दिन परेकाले कार्यकम भव्य बनाउन तीन दिवसीय कार्यक्रमको आयोजना गरिएको बताए ।

यसैगरी असार ७ गते बिहान बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सव भव्य बनाउन स्थानीय, योग साधना केन्द्रका साधक साधिकाहरु, प्रहरी, स्थानीय निकायका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, जिल्ला नगर योग समितिका पदाधिकारीहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवसकको मापदण्डअनुसार योग, खेलकुद, विभिन्न योगासनहरुको प्रदर्शन, कविता वाचन तथा योग जागरणसम्बन्धी प्रवचन गरी मनाइने केन्द्रले जनाएको छ ।

यस्तै तेस्रो दिनको कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यतामा असार ८ गते शनिबार बिहान ११ बजेबाट २ बजेसम्म बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने केन्द्रले बताएको छ । केन्द्रका सचिव घिमिरेले तारकेश्वर नगरपालिका वडा नं ४ लोलाङ हाइट बज्रयोगिनी पिपलबोट प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्नका लागि सबैमा आह्वान गरेका छन् ।

बज्रयोगिनी योग साधना केन्द्रका अध्यक्ष सुमन थापाले संस्थाको वार्षिकोत्सव तथा दशौं अन्तर्राष्ट्रिय योग दिवसको तीन दिवसीय कार्यकममा पतञ्जली योग समिति तारकेश्वरका अध्यक्ष चन्द्र सापकोटाको सहयोग, नगर खेलकुद संघको सहकार्यका साथै विशेष जिम्मेवारी साथ खटिएका बज्रयोगिनी योग साधना केन्द्रका राजेन्द्र घिमिरे सागर, शशी (कमल) पन्त, पुष्पा लम्साल, केदार अधिकारी, मैयाँ केसी, सुनिता ढुंगाना, देवकी बानियालगायतलाई धन्यवाद ज्ञापन गरे । उनले तारकेश्वरलाई योगमय बनाउन आफू सधैं नि:स्वार्थ निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise