२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

रहेनन् प्रख्यात तबलावादक हुसेन

Nada
२०८१ पुष १ गते १६:४७
Shares
रहेनन् प्रख्यात तबलावादक हुसेन

काठमाडौ : विश्व प्रसिद्ध भारतीय संगीतकार एवम् तबलावादनका उस्ताद जाकिर हुसेनको निधन भएको छ । ७३ वर्षको उमेरमा आइतबार अमेरिकाको सान फ्रान्सिस्को अस्पतालमा उपचारका क्रममा यनको निधन भएको हो । उनी कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए ।

ncell

तबलावादकका रूपमा उनले संगीत क्षेत्रको विश्वचर्चित ग्रामी अवार्डस् चारपटक प्राप्त गरेका थिए । तबलावादनलाई नयाँ पहिचानसहित विश्वव्यापी मञ्च उपलब्ध गराएको जस उनलाई दिने गरिन्छ । उनले भारतीय र अन्तर्राष्ट्रिय कलाकारहरूसँगको सहकार्यमा विभिन्न विधा र शैलीका संगीतमा वाद्यवादन गरेका थिए ।

उनले सन् २०१८ मा सार्वजनिक भएको नवाजुद्दिन सिद्दिकी अभिनित ‘मन्टो’, सन् २००२ मा बनेको अर्पणा सेनको ‘मिस्टर एन्ड मिसेस अ‍ैयर’, देव पटेलको ‘द मन्की म्यान’ सँगै समीक्षकहरूले विशेष तारिफ गरेको ‘वनप्रस्थम’ जस्ता फिल्मका लागि संगीत तयार गरेका थिए । उनले सन् १९९३ को ‘लिटल बुद्ध’ लगायत कयौं फिल्मका लागि साउन्डट्रयाक बनाएका छन् ।

भारतीय शास्त्रीय संगीतको संरक्षण एवं प्रवद्र्धनका लागि उनले आवाज उठाउने गरेका थिए । उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषण पदकबाट भारत सरकारले सम्मान गरेको छ । उनले २०७५ मंसिरमा काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर