२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जुलुसमा विदेशीको तस्बिर राख्नुपर्ने अवस्थामा हामी छैनौं : प्रधानमन्त्री

Nada
२०८१ फागुन २६ गते १६:१९
Shares
जुलुसमा विदेशीको तस्बिर राख्नुपर्ने अवस्थामा हामी छैनौं : प्रधानमन्त्री

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राजावादी दलहरूले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

ncell

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले राप्रपालगायतका दलले गरेको शक्ति प्रदर्शनमा जुलुस निकाल्दा विदेशीको तस्बिर प्रयोग गर्नुपरेको तर विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा आफूहरू नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नुप¥यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं । अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन ।’

उनले बाह्य अनुदान सहायतामा भर नपरी आफ्नै ढंगले मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै उनले विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे ।
 

ताजा खबर

सम्बन्धित खबर