२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कोटेश्वरको एक स्टोरमा आगलागी, दुई जना घाइते

ADV
मध्यान्ह
२०८१ जेठ २३ गते १३:०८
कोटेश्वरको एक स्टोरमा आगलागी, दुई जना घाइते

काठमाडौं : कोटेश्वरस्थित एक किराना स्टोरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको हो।

आगलागीमा परी घाइते हुनेहरुमा धनुषा घर भइ कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ रहेका छन् ।

घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीको कारण खुलिनसकेको तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise