२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नक्कली म्यानपावर खोलेर लाखौं ठगी

Nada
२०८२ कार्तिक २७ गते ०६:२०
Shares
नक्कली म्यानपावर खोलेर लाखौं ठगी

काठमाडौं : चितवनको भरतपुर बाइपास रोडमा खोलिएको एक नक्कली म्यानपावर कम्पनीले ठुलो संख्यामा नेपालीलाई भिजिट भिसामा स्लोभाकिया पु¥याएर अलपत्र पारेको खुलासा भएको छ ।

ncell

करिब ६ महिनाअघि भरतपुरका दुई सय जना युवालाई ‘वर्क कन्ट्रोल’ भिसामार्फत स्लोभाकिया पठाइएकोमा उनीहरू हाल काम र तलब नपाएको अवस्थामा रहेकोे बताइएको छ । आफूहरूले उड्नु अघि एजेन्टलाई १४ लाखसम्म तिरेको पीडितहरूले बताएका छन् । 

मासिक एक हजार युरो तलबसहित खानालगायतका सुविधा दिने भनेर पठाएकोमा हाल सय जनालाई तलबको आधा रकम दिइएको र अन्य बिना तलब रहेकोे बताइएको छ ।

ठगी धन्दामा भारत र बंगलादेशका व्यक्तिहरू पनि संलग्न रहेकोे कतिपयले बताएका छन् । सुरुको तीन महिनाको नेसनल डी–भिसा र त्यसपछि टेम्पोररी रेसिडेन्स कार्ड (टिआरसी) दिने  भनिएकोमा ६ महिना बितिसक्दा पनि कुनै कार्ड नबनेको पीडितहरूको भनाइ छ । 

सम्बन्धित खबर