२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नक्कली नोटसहित दुई जना पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन ११ गते १५:२४
नक्कली नोटसहित दुई जना पक्राउ

रौतहट : नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय इमामुल हक दर्जी रहेका छन् ।

चन्द्रपुर न.पा. वडा नं. १० बालचनपुरस्थित महावीर आयल स्टोर्स पेट्रोल पम्पमा बागमती प्रदेश ०२-०२१ प. ६३६८ नम्बरको मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट कभरमा एक हजार दरका १३ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद नक्कली नोट, मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लइ थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise