२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन १३ गते १४:२५
समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

रौतहट : रौतहटको गरुडामा रहेको समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुदाय दलित विकास केन्द्र नेपाल माधवनरायण नगरपालिका–६ ले एक कार्यक्रमका बीच गरूडा बजारस्थित अनुष पार्टी प्यालेसमा सो साधारण सभा सम्पन्न गरेको हो । 

केन्द्रका अध्यक्ष सुब्बासाहेब हजारीको अध्यक्षता तथा माधव नरायण नगरपालिकाका नगर प्रमुख वैजु प्रसाद यादवको प्रमुख आतिथ्यमा सो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले संस्थाको वार्षिक गतिविधि तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख  माधवनरायणका नगरप्रमुख यादवले मुक्त हरवाचरवाको न्यायिक पुःनस्थापना, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षा अभियानका साथै दलित, गरिब, सुकुम्बासी, भूमिहीन शोषित पीडितको अधिकारका निम्ति समाजमा निरन्तर आवाज उठाइरहेको भन्दै संस्था र संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिए । उनले समाज परिवर्तनका लागि सामुदाय दलित विकास केन्द्रको ठूलो भूमिका देखिएकाले संस्थााई सधैं सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि ईसीडीसीका अध्यक्ष तथा दलित अगुवा धर्मेन्द्र पासवानले एउटा नयाँ संस्थाको रुपमा स्थापित भइ समाजमा निरन्तर काम गरिरहेता पनि पारदर्शीरुपले साधारण सभा गर्नु संस्थाको सराहनीय कार्य रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मी रामविनय पासवानले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझ पनि सबभन्दा पछाडि रहेकाले संस्थाले शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी जोड दिएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान (निर्माणी)ले आफू दलितहरुको उत्थान तथा न्यायका लागि निरन्तर आवाज उठाउँदै र वकालत गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा माधवनरायण नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकुमार साहले आफू निर्वाचित भएको ठाउँमा दलितको संख्या ठूलै रहेकाले दलितको हरेक समस्यालाई नजिकैबाट नियालिरहेको बताए । उनले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझै पनि कमजोर नै रहेको बताउँदै दलित समुदायको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका निम्ति जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न संस्थालाई आग्रह गरे । साथै उनले यस कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शुभकामना मन्तव्य दलित अगुवा शिव शंकर पासवानले राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले गरेका थिए । कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise