२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

draupadi film
सपना बोहरा
२०८१ साउन १५ गते १२:०८
दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ : दाङको भालुवाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही-भालुवाङ सडकखण्डअन्तर्गत भालुवाङ पुल्चोकको तीनकुने चोकमा स्थानीय फलफूल व्यापार गर्दै आएका लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

मंगलबार पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले बाटो काट्दै गरेका फलफूल व्यापारी ५० वर्षीय भट्टराईलाई ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमर बहादुर माझीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise