२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लागुऔषधसहित युवक पक्राउ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ साउन १६ गते २०:३४
लागुऔषधसहित युवक पक्राउ

रौतहट : रौतहट गौरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ इमाडोलका २१ वर्षीय समिर भुसाल रहेका जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् । 

अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रसनी रामपुकार सहनीको कमाण्डमा खटिएको टोलीले  मंगलबार चिया पसल अगाडि शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेका भुसाललाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरिएको हो ।

उनको साथबाट डाइजीपाम इन्जेक्शन २ एमएलको ९६, नर्फिन इन्जेक्शन ९६, प्रोमेथाजिन फेनारगन ९६ गरी २८८ एमपुल नसालु इन्जेक्शन, नगद १७ हजार ७० रुपैयाँ,  भारु १० रुपैयाँ, मोबाइल १ सिमसहित बरामद गरिएको प्रवक्ता गिरीले बताइन् । उनलाई रौतहट जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता गिरीले बताइन् ।  

ADVADV

सम्बन्धित खबर

Advertise