२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बालकथासङ्ग्रह 'मेरी छोरी मान्या' को विमोचन 

shivam cement
२०८२ फागुन २७ गते ११:२७
Shares
बालकथासङ्ग्रह 'मेरी छोरी मान्या' को विमोचन 

दुर्बिन शर्मा 'विवेक'
काठमाडौँ : साहित्यकार इन्द्रकुमार श्रेष्ठ 'सरित्' द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या' को विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोजना गरेको थियो ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि भागीरथी श्रेष्ठले इन्द्रकुमार श्रेष्ठ 'सरित्' एक समर्पित र अब्बल कथाकार भएको टिप्पणी गरे । उनले 'बालमनोविज्ञानलाई आत्मसात् गरेर सरितले रचना गरेको 'मेरी छोरी मान्या' उत्कृष्ट बालकथासङ्ग्रह भएको चर्चा गर्दै ती कथाहरूले बच्चालाई जीवन र समाज बुझ्न सहज तुल्याउने उल्लेख गरे ।

विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले कथाकार सरित्द्वारा रचित 'मेरी छोरी मान्या' मूलत: बालबालिकाको चेतनातह र मनोविज्ञानलाई अठ्ठ्याएर रचना गरिएको कृति भएको बताए । उनले सरित्को लेखनक्षमता बहुआयामिक विशेषताको रूपमा देखा परेको चित्रण गरे ।

विशेष अतिथि तथा साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार सरित्को लेखनमा बालमनोविज्ञान चामत्कारिक रूपमा आएको बताइन् । साहित्यकार तथा समालोचक डा.छायादत्त न्यौपानेले सरित्को बालकथासङ्ग्रह 'मेरी छोरी मान्या' ले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रोत्साहित गर्न सफल रहेको चर्चा गर्दै समाजमा व्याप्त विकृति र विसंगतिविरुद्ध ती कथाले जीवन, समाज र ज्ञानबीचको तादाम्यबारे आफ्नो धारणा राखे ।

कार्यक्रममा सरित्ले बालसाहित्य कुनै खरिदारको टेबलवर्क जस्तो नभई आफू बाँचिरहेको समयमा व्याप्त बालमनोविज्ञानमा आधारित हुनुपर्ने बताए । 

कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारका प्रिन्सिपल कृष्णकुमार बोहोराले आफूले विद्यार्थीहरूलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा समेत सक्रिय तुल्याएको बताए । उनले 'मेरी छोरी मान्या' बालकथा सङ्ग्रह निकै प्रेरणादायी र पठनीय भएकाले नै विद्यालयले विमोचन तथा समीक्षात्मक कार्यक्रम राखेको उनको धारणा थियो  ।

राइजिङ बोर्डिङ स्कुलद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आआफ्नो धारणा राखेका थिए ।लोकार्पित कृतिमाथि उक्त विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले समीक्षा गरेका थिए । कार्यक्रम साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले सञ्चालन गरेका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर