
काठमाडौं : नागरिक तहमा देखिएको अविश्वासका कारण सर्मनाक हार व्यहोरेका पुराना राजनीतिक दलहरु जनताको विश्वास बदल्ने प्रयासमा छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विद्रोह नै गर्दै नयाँ स्वरुप दिन खोजेपनि निर्वाचनमा मतदाताले पत्याएनन् ।
तर, उनी पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा निर्वाचनमा भएको भए यो भन्दा कमजोर अवस्था आउनेमा विश्वस्त छन् । सके पहिलो दल नभए सम्मनपूर्वक संख्या लिएर संसदको निर्णयक तहमा पुग्ने योजनासहित चुनावी मैदानमा गएका गगन नेतेत्वमा पार्टीको आकार निकै सानो भएपछि नैतिकता देखाएर सभापतिबाट राजीनामा दिए । तर उनको राजीनामा केन्द्रीय समितिले स्वीकृत नगर्दा उनी सभापतिकै जिम्मेवारीमा रहेका छन् । यद्यपि शुक्रबारको केन्द्रीय समितिको बैठकमा भने सभापति थापा नगएपछि उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक बस्यो । उक्त बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्दै चुनावी समीक्षाको ढोका खोल्ने सहमहामन्त्री उदय शमशेर राणले बताए ।
लोकतन्त्रिक प्रकृयामा आएको परिणामलाई स्वीकार गर्दै राजनीतिक नैतिकताका सवालमा गगनले गरेको निर्णयले सकारात्मक सन्देश दिएको छ । आगामी दिनमा कांग्रेसलाई जनताको विश्वास गोग्ने बनाउने प्रयासमा निरन्तर काम गर्ने उनको योजना छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा डिला संग्रौला पार्टीलाई जनतासँग जोड्ने कार्यक्रम बनाएर देशव्यापी अभियान चलाउने बताउँछिन् । उनले मध्यान्हसंग भनिन, ‘अहिले हामीले अप्रत्यासित पराजय व्यहोरेका छौं । यसलाई विजयमा रुपान्तरण गर्न जनताका वास्तविक समस्या र राजनीतिक दलप्रतिका अपेक्षाको बारेमा अध्यायान गरेर पार्टीलाई जनतासँग जोड्ने नयाँ कार्यक्रम बनाउँने छौं ।’ कांग्रेसले शुक्रबारबाट राखेको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा हुनेछ । देशभरका जिल्ला तथा प्रदेश समिति र उम्मेदवारबाट आएको प्रतिवेदनलाई अध्यायान गरेर सुक्ष्मरुपमा चुनावी समीक्षा गरिने सहमहामन्त्री संग्रौलाले बताइन् ।
गत निर्वाचनमा ८ सिट सहित पहिलो बनेको कांग्रेस सुधारिएको नेतृत्व लिएर जाँदा समेत ३ सिटमा सिमित भएपछि कांग्रेसको वर्तमान नेतृत्वमाथि चुनौति बढेको छ । चुनौतीलाई स्वीकारर्दै जनताका पक्षमा सरकारको खवरदारी गर्ने देखि जनजिवीकाकार सवालमा सदन, सडक, र जनतामाझ खरो उत्रने कांग्रेको तयारी रहेको नेताहरुले दाबी गरेका छन् ।
कांग्रेस मात्रै होइन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि जनताको मत बदल्न धुलो टकटक्याएर उठ्ने दाबी गरेका छन् । यद्यपि चुनावी समीक्षामा पार्टी नेतृत्वमाथि उठ्ने प्रश्नको उत्तर खोज्ने तयारीमा शीर्ष नेताहरु लागेका छन् । गत निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुदा पनि ७८ सिटसहित दोेस्रो स्थानमा रहेका एमाले यस पटक २५ सिटमा सिमित भएको छ । यो परिणामप्रति एमालेल देशी विदेशी शक्तिको चलखेल, सामाजिक सञ्जालको नकारात्मक प्रभाव भएको टिप्पणी गरेको छ । यद्यपि प्राप्त परिणामलाई स्वीका गर्दै जनताका पक्षमा काम गर्न एमाले विचलन नहुने नेताहरुको भनाई छ । एमालेका सचिव महेश बस्नेतले पार्टीको हारलाई लाई अस्वभाविक ठान्दै अर्को निर्वाचन सम्म पुग्दा जनताको सबैभन्दा प्रिय पार्टी बनाएरै छाड्ने बताए । ‘विभिन्न शक्तिहरुको चलखेल र सामाजिक सञ्जालमा एमालेप्रति फैलाइएको नकारात्मक प्रभावका कारण निर्वाचनको परिणाम यस्तो आएको छ’, उनले भने, ‘तर एमालेले यसलाई ग्रहण गर्दै पार्टी भित्र र बाहिरको परिस्थिती, मुलुकको अवस्थालाई विश्लेषण गरेर चुनावी समीक्षा पश्चात नयाँ ढंगले जनतामा पुग्ने कार्यक्रम बनाउँछौं ।’
एमालेभित्र यतिबेला पार्टी नेतृत्वको असफलताको बहस चलाईएको छ । कांग्रेस सभापति गगन थापाले राजीनामा दिएपछि एमालेमा पनि त्यस्तै नैतिकताको खोजी भएको कतिप नेताहरुले बताएका छन् । गगनको राजीनामालाई लिएर एमालेका विभिन्न तहका नेता कार्यकर्ताले पार्टी अध्यक्ष केपी ओलीको राजीनामा खोजेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्मनाक पराजय भोगेपछि त्यसको जिम्मा नेतृत्वले लिनै पर्ने एमाले नेता सुरेन्द्र पाण्डे बताउँछन् ।
कांग्रेस भन्दा अझै धुलिसात भएको एमाले अध्यक्ष ओलीका लागि गगनको राजीनामा थप चुनौति बनेर देखिन्छ । तर, एमालेमा नेतृत्वमाथि प्रश्न गर्ने र विद्रोह गर्नेहरु हिम्मत त्यति सजिलो छैन् । यस कारणले पनि ओली राजीनामा दिइहाल्ने पक्षमा देखिदैनन् । ओलीका निकटष्थहरु द्येशको यो अवस्था आएकोबेला नेतृत्वको कमजोरीका नाममा राजीनामा दिइहाल्दा पार्टी र देशमै थप संकट आउन सक्ने बताउँछन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेकपनि बिचलित हुन आवश्यक नरहेको बताएको छ । चुनावी परिणामलाई स्वीकार गरेर नेकपा धुलो टक्टकाएर अघि बढ्ने शीर्ष नेताहरूले पार्टी पंक्तिलाई ढाडस दिएका छन् । चुनावी परिणाम अपेक्षा अनुसार नआएपनि विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने नेता वर्षमान पुनले बताए ।
जनआकांक्षा र मुलुकको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने र फेरि मुलुकको नेतृत्व आफूहरुले गर्ने उनले दाबी गरे ।
रुपान्तरण र सुशासनको एजेण्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले पुरानै राजनीतिक शक्तिको कोटीमा राखेरको भन्दै उनले भने, ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरुमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौं र २४ गते सिंहदरबार जलाउनेसहित विध्वंश गर्नेको पक्षमा पनि थिएनौं । तर, जनताले हामीलाई राजनीतिक शक्तिको कोटीमा राखेका छन । हामीले अवस्था बदल्न कोसिस गरेकै हौं । फेरि जनतामा जान्छौं ।’ नेकपाले आन्तरिक समीक्षाको तयारी थाल्दै गर्दा निर्वाचनमा अन्र्तघाट गर्ने र घण्टीमा भोट हाल्नेहरूको सूची तयार गर्दै गरेको नेताहरूले बताएका छन् । केन्द्रीय समितिका, जनवर्गिय संगठनको नेतृत्व तहमा भएका र प्रदेश तथा जिल्ला तहको नेतृत्वमै रहेका ५० प्रतिशत नेताहरूले घण्टीमा भोट हालेको पाइएकाले त्यस्ता नेताहरूमाथि निर्मम भएर कारबाही गरिने पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।