२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

क्यान्सर पीडित यातायात श्रमिकलाई सहकर्मीको सहयोग

Nada
दीपकलाल श्रेष्ठ
२०८२ चैत १० गते १३:१५
Shares
क्यान्सर पीडित यातायात श्रमिकलाई सहकर्मीको सहयोग

बर्दिया : बर्दियाका यातायात श्रमिक तथा व्यवसायीहरूले क्यान्सरबाट पीडित एक सहकर्मीलाई उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् ।

ncell

गुलरिया नगरपालिका–४ निवासी रमेश कुमार चन्दलाई करिब एक महिनाअघि मात्रै क्यान्सर भएको पुष्टि भएको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अघि बढाउन समस्या भोगिरहेका चन्दलाई सहयोग गर्ने उद्देश्यले यातायात क्षेत्रसँग आबद्ध श्रमिक र व्यवसायीहरू एकजुट भएका हुन् ।

झण्डै २१ वर्षदेखि यातायात श्रमिकका रूपमा कार्यरत चन्दलाई रोग लागेको जानकारी पाएपछि उपचार खर्च अभाव हुन नदिन सामूहिक रूपमा सहयोग संकलन गरिएको बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष रवि मल्ल ठकुरीले बताए ।

हाल उनको उपचारका लागि करिब पाँच लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ । सहयोग प्राप्त भएपछि चन्दले सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनको मुखभित्र क्यान्सर देखिएको जनाइएको छ । आर्थिक अभावका कारण उनी अझै पनि थप सहयोगको अपेक्षामा रहेका छन् ।

सम्बन्धित खबर