२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

विराटनगरमा विद्यार्थीले गरे सरकारी गाडी तोडफोड र आगजनी

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते ११:५३
विराटनगरमा विद्यार्थीले गरे सरकारी गाडी तोडफोड र आगजनी

विराटनगर : मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेको प्रहरीले बताएको छ ।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise