२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

कर्णालीको झोलुंगे पुलमा फसेका ९ खच्चडको उद्धार, २ को मृत्यु

draupadi film
मध्यान्ह
२०८१ जेठ २७ गते १५:०२
कर्णालीको झोलुंगे पुलमा फसेका ९ खच्चडको उद्धार, २ को मृत्यु

काठमाडौं : कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेकामध्ये ९ वटा खच्चडको सकुशल उद्धार गरिएको छ भने २ वटाको मृत्यु भएको छ ।

उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्न कठिन भएको हो ।

पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसालेर खच्चडको उद्धार गरिएको हो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise