प्रेमचन्द्र झा/मध्यान्ह
रौतहट, ३१ जेठ - गढिमाई नगरपालिका रौतहट र यु एस एडको संयुक्त आयोजनामा चलेको नगरस्तरीय किशोर किशोरी सम्मेलन २०८१ बुधवार सम्पन्न भएको छ ।
‘बिहेवारी बीस वर्ष पारी’ मुल नाराका साथ भएको सम्मेलन बुधबार सम्पन्न भएको हो । सरोकारवालाहरूको सक्रिय सहभागितामा गढिमाई नगरपालिका वडा नम्बर एक स्थित शंकर गुदर माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।
सम्मेलनले किशोर किशोरीहरूको आत्मविश्वास बढ्नुको साथै प्रत्येक किशोर किशोरीले आफ्नो लक्ष्य निर्धारण गर्ने गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।