२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

ताप्लेजुङमा बाढीले बगायो काठे पुल

draupadi film
मध्यान्ह
२०८१ जेठ ३१ गते १२:५५
ताप्लेजुङमा बाढीले बगायो काठे पुल

ताप्लेजुङ : ताप्लेजुङमा बाढी आउँदा एउटा काठे पुल बगाएको छ । गएरातिदेखि परेको अविरल वर्षाले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोकस्थित सिसावा खोलामा बाढी आउँदा काठे पुल बगाएको हो ।

पदैल यात्री तथा सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएपछि आवतजावतमा समस्या भएको छ ।

साथै बाढीले पुल बगाएपछि विद्यार्थीहरु पनि प्रत्यक्ष मारमा परेका छन् । बाढीले कुनै मानवीय क्षति भने नभएको फक्तालुङ गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise