२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

शिवालयमा ट्याक्टर दुर्घटना, दुई जना घाइते

ADV
कुलेन्द्र शाही
२०८१ जेठ ३१ गते २०:१५
शिवालयमा ट्याक्टर दुर्घटना, दुई जना घाइते

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेको छ । बिहीबार दिउँसो १ बजेको समयमा शिवालय गाउँपालिका-३ सीमादेखि छेडाबजारतर्फ जाँदै गरेको भे २ च ६०५ नम्बरको ट्याक्टर शिवालय गाउँपालिका डुङ्ग्रा खोला नजिकै दुर्घटनामा परेको हो ।  

दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय सीमाका प्रहरी सहायक निरीक्षक गजेन्द्र बिष्टले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरूमा शिवालय गाउँपालिका-१ बस्ने वर्ष २२ का नवीन पुन मगर र शिवालय गाउँपालिका-३ बस्ने वर्ष १८ का नवीन थापा रहेका छन् ।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको निरीक्षक बिष्टले बताए । ट्याक्टर सडकभन्दा अन्दाजी १ सय मिटर तल खोलामा खसेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise