२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

गरुडा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

ADV
कृष्ण तिवारी
२०८१ जेठ ३२ गते १३:४६
गरुडा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

रौतहट : रौतहटको गरुडा नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ ।  शुक्रबार नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले भवनको शिलान्यास गरेका हुन् । १३ कोठे भवनको कूल लागत ३ करोड ३३ लाख रुपैयाँ रहेको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  मो. मुस्ताक आलमले जानकारी दिए ।

गरुडा बजारमा बन्न लागेको उक्त भवन निर्माणको जिम्मा श्रेष्ठ बटुक जेभी वीरगञ्ज पर्साले पाएको छ । भवन निर्माणकार्य १२ महिनाभित्र गरिसक्नुपर्नेछ । आफ्नै भवन नहुँदा नगरपालिकाले अहिले पनि भाडाको घरबाट सेवा दिइरहेको छ ।

शिलान्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी, पूर्वसांसद रेखा झा, उपमेयर पुनम देवी चौधरी, वडा नं १ देखि ९ सम्मका जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise