२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

इद अल अजहाको अवसरमा असार ३ गते सार्वजनिक बिदा

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते १६:०५
इद अल अजहाको अवसरमा असार ३ गते सार्वजनिक बिदा

काठमाडौं : सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बक्र इद (उल-अजाह)को अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो । गृह मन्त्रालयको सूचनामा भनिएको छ, 'मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इद (उल-अजाह) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

ADVADV

सम्बन्धित खबर

Advertise