२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीहरुको विरोध प्रदर्शन

ADV
मध्यान्ह
२०८१ असार २ गते १४:०१
काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीहरुको विरोध प्रदर्शन

काठमाडौं : कबाडी व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड व्यवसाय हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले आइतबार काठमाडौंको माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उच्च अदालतले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको विरोधमा प्रदर्शनमा उत्रिनु परेको उनीहरुले बताएका छन् ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा कवाडी व्यवसायीहरूको शान्ति, सुरक्षा, समृद्धि र सम्मानको माग गरिएको छ ।

उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise