२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

shivam cement
२०८१ असार ३ गते १९:२९
Shares
सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेत : सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

इनार सफा गर्ने क्रममा निस्सासिएर उनीहरु बेहोस भएका थिए । बेहोस भएका उनीहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर