२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध 

ADV
मध्यान्ह
२०८१ असार ४ गते १०:५६
पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध 

लमजुङ : गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे-बेँसीसहर सडक खण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपागाइँले जानकारी दिए ।  सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए । 

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसी सहर र बेँसी सहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् ।  डुम्रे-बेँसी सहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise