२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

सायरी : जिन्दगी यो कस्तो कस्तो !

shivam cement
२०८२ जेठ १७ गते ०६:०५
Shares
सायरी : जिन्दगी यो कस्तो कस्तो !

–खिमराज गिरी 

भन्छन् यहाँ सबैजना जीवन छैन त्यत्ति सस्तो
लाग्छ मलाई कहीँ कतै जीवनदेखि टाढा हुँ जस्तो
दिलको धड्कन् बढ्न थाल्छ किन मलाई हुन्छ यस्तो 
कोही हाँस्ने, कोही रूने जिन्दगी यो कस्तो कस्तो !
बिर्सनेले बिर्से पनि फेरि उसैलाई सम्झुँ जस्तो
निष्ठुरीले छोडे पनि यो दिल मेरो कस्तो कस्तो
पथ्थर जस्तो त्यो मन उनको हृदय यो नौनी जस्तो 
कँही काँडा कँही पूmल जिन्दगी यो कस्तो कस्तो ! 
यो मुटुमा पिरतीको काँडा बिझे जस्तो
वेदनालाई साम्य पार्ने छैन मलहम् सस्तो
जीवनको यो गोरेटोमा किन हुन्छ यस्तो
कहीँ सुख, कहीँ दुःख जिन्दगी यो कस्तो कस्तो !!

ताजा खबर

सम्बन्धित खबर