– राजनारायण राई, सोनादा, दार्जीलिङ्ग
‘जाउ न कान्छा भेक्सिन लगाउ । गाउँका सबैले लगाइसक्यो । अब पनि खेलाँची नगर है कान्छा ! कुनै बिमारी भईगयो भने त भेक्सिन नलगाउनेहरुको स्वस्थ जाँच गर्दैन अरे नि डाक्टरले पनि’, अन्तरीले भन्दै थिईन् । सधै उसले जाने बुझेकै कुरा त गर्छिन् नि मलाई ।
अन्तरीको कुरा सुनेपछि मैँले पनि अपत्यारिलो पाराले, ‘अपुई होर ?’ भन्दै व्यंग्यले मुसुक्क हाँसी दिए । अन्तरीको कुरा यतिमा सकिने होइनन् नै ! उसले अझै बात थप्दै जान्छिन्, ‘भेक्सिनलाई तिमीले त साह्रै खेलाची ठान्छौ त कान्छा ? जुन समय आफुलाई पर्छ नि हाउ उतिबेला पो चाख्छौ त । मैले भनेको सही कुरा रहेछ कि के रैछ बुझ्छौ पनि । आगोले जब पोल्छ तब मात्र आत्था भन्ने तिम्रो जब्बरे बानी चै कसैले नपाएको नै तिमीले मात्रै पाउँछौ ।’
उसैको कुरामाथि पार्छ । कति ठिकै भए पनि प्रायः गलत नै सही । उसको कुरा सुनेपछि मेरो मुख पनि कहाँ नचिलाएको हो र । प्याच्चै भनिदि पो हालें, ‘आउ ! अन्तरी तिमी चाहिँ मेरो नेता हौ कि स्वास्नी हाउ । नेताले पो पछि भेक्सिनको मुद्दा बनाउछ लागेको थियो । तिमीले पो यो मुद्दा घरेलु बनाएछौ त हगि ? भेक्सिनभन्दा ठुलो कुरा अनुशासन हो बुझ्यौ नि कुरा ? अनुशासन हुने देश कोरोनाको बीउ फैलाएर पनि उ आफै चाँहि बाँच्नु सिकेर कति दूरी टाड़ो हिड़ी सक्यो । खै ! त तिम्रो र मेरो चाहिँ अनुशासनको टेड़पुच्छर नगर्ने भेक्सिने देश पर्यो । भेक्सिन लगाउ । भिड़भाड़ नजाउ । माक्स लगाउ । समाज दुरुत्व बनाउ । सेनिटाइजर गर । कुरा एउटै छ त । भेक्सिन लगाउ कि नलगाउ । तर, अनुशासित बनेर पो कोरोनासितको महायुद्ध जितिन्छ । मान्छे भेक्सिन लगाएर पनि मरिरहेकै छ नि । भेडाको प्रवृतिले कहाँ हुन्छ र यतिबेला । एउटा अघि हिड़े सबै पछि–पछि हिँडेर हुन्न नि । भेक्सिन लगाउदाको ताँती लाईन हेर न । कोरोना निवारणको भेक्सिन हो कि निमन्त्रणको हो ? खै ! त्यहाँ अनुशासन? खै ! त भिड़लाई कोरोना को डर ?’ मेरो प्रतिक्रियाले उसको चित्त बुझ्यो कि दुख्यो । तर उसको शब्दद्वार भने अवश्यै बुच्चियो ।
उसको हात बिसाएको छैनन् । अरुवा चामल केलाउँदै निफन्छिन् । निफन्छिन् फेरी बात । जोड़्दै–जोड़्दै उसको कुरा नै सकिँदैन । उसको हात र अर्को मुख बिसाउदै बिसाउँदैन । उसले भन्दै छिन्, ‘काम नगरि माम छैन । लाइन नगई औषधी नै छैन नि कान्छा । आफुलाई आवश्यकता छ घरमै भेक्सिन उड़ेर आउँछ क्याउ कान्छा ? हन ! के कुरा गरेको ? मान्छे छिप्पी सक्यो क्यारे ! बुद्धि रैछ कलिलै हे बाबै !’ भनेर उ आफै हाँसेर मेरो खिल्ली पो उड़ाईन् त । हाइप्रेशर वाला म मान्छे रिसको पारो सुइत्तैमाथि पुगेछ मेरो त । हे हरि ! फेरि घरको छाना उचाल्ने गरि कराइदिए, ‘जा जा बाठी बोल्छस् धेरै सुनेकै भरमा । भेक्सिन लगाउ कि नलगाउ तेरो कुरा किन सुन्ने म । मेरो मन र विचार हो । यस बिषयलाई चयन गर्ने बुझिस् के ? आफै मात्र पेट भरेर अरुको पेट छिन्ने स्वार्थी ठाँउ हो यो । माटो भनेर बाटोमै रम्ने ठाउँ हो यो ।
निकासको युद्ध लड़ेर विकास भर्ने ठाउँ हो यो । भाई–भतिजवादले ढाकिएको ठाउँ हो यो । घोटालाले घोटिएर नै सकिएको ठाउँ हो यो । ठाड़ो शिरलाई झुकिएर शत्रु अघि आत्मसमर्पण गरेको ठाउँ हो यो । एउटै समाजमा बसेर समाजकै सदस्यलाई राजनीतिकरण गर्दै बुढो बनेको ठाउँमा हो यो । यहाँ यसरी बाँच्नुभन्दा बरू कोरोनाले भेटेर पहिला म नै मर्नु परोस् । तर भेक्सिन लगाउँदिन बुझिस् के तैँले । अहँ ठ्याक्कै लाउदिन ।’ मेरो कुरा सुनेपछि उ हाँसेर भगाईदिईन त मेरो रिस । उ हाँसेको देखेर म झस्के । हैट यति सानो कुरोमा निकै खैलाबैला पो गरिपठाएछु । सम्झिएर लाज पो लाग्यो नि । सानो बिषयमा फ्यातुलो व्यवहार देखाएछु गाँठे । पलाक्क पुलुक्क हेरें । ओल्लो घर, पल्लो घरकालाई कतै मैले रमिता त देखाई पठाइन भन्ने ठानी ।
फेरि सोंच्छु । अन्तरीको कुरा भनेको नै अरुले बात मारेको टिपटाप पारेर मेरो कानमा खनाई दिनु त हो नि । बिचारी उ साह्रै सोझी पो छिन् । उसलाई पनि त डर छ कोरोना रोगको । जसरी देशलाई डर छ आर्थिकको । तर उसलाई थाहा छैन । यस्तो भयावय स्थितिमा पनि श्रमिकले न्याय नपाएको कुरा । जसरी देशलाई थाहा छैन परार साल सड़कमै गरिब कठाङग्रिएर मरेको दुःखद कुरा । उ चिया श्रमिक । चिया बगानमा बसोबिसो गर्ने हरेक घर श्रमिकको हो । श्रमिक हुनु भनेको नै जोताएका–जोतिएकै जिन्दगी त हो नि । मूल्यमा बृद्धिले आकाश छोइसक्यो । त्यसरी नै लकडाउनले तन्किएरै महिनौ पार गरिसक्यो । समाजिक दुरूत्वको कुरा हाँकेर बगानमा चहि विभिन्न समाज, गाउँका श्रमिकहरु भेला भएर काम चलिरहेको छ । खै ! त रोग सित लड्ने अनुशासन त्यहाँ ? यस्तो स्थितिमा आफुहरू भर पर्ने यस्तो कुनै जमिन छ । न त समाउने हाँगा नै छ । छ भने पेट भोको हुने डर । कोरोना भयावह बनिरहेकै छ । यतिबेला पनि गरिब मरिरहेकै त छ नि बिना रोग त्यही कामले, दामले र मामले । यस्तो स्थितिमा हामी लोग्ने स्वास्नी पो भेक्सिन स्वीकार र अस्वीकारको खिचातानीको संग्राममा हम्मिएर रमिता पो पारेछु बाफरे बाफ‘।
सम्पादकीय: यसअघि नाममा अन्यथा हुन गएकोमा सच्याइएको छ । धन्यवाद
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies