२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तेस्रो जनआन्दोलनको घोषणा गर्ने पहिचानबादी मोर्चाको चेतावनी

ADV
मध्यान्ह
२०८१ साउन ७ गते १६:५८
तेस्रो जनआन्दोलनको घोषणा गर्ने पहिचानबादी मोर्चाको चेतावनी

काठमाडौं : प्रा.डा. महेन्द्र लावतीको नेतृत्वमा रहेको पहिचानबादी मोर्चाले छरिएर रहेका पहिचानबादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पहिचानबादी मोर्चामा आबद्ध हुन प्रा.डा. लावतीले आब्हान गरेका छन् । 

प्रा.डा. लावतीको नेतृत्वमा रहेको पहिचानबादी मोर्चामा गोपाल किराँती नेतृत्वको तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परियार  अध्यक्ष रहेको काष्ट वाच नेटवर्क, कृष्ण चेङ्वाङ इन्चार्ज रहेको लिम्बु संघ (समाजवादी), बुद्धराज स्याङ्तान अध्यक्ष रहेको संघीय ताम्सालिङ पार्टी, मलम लामा महासचिव रहेको राष्ट्रिय ट्रेड युनियन महासंघ, पासाङ मोक्तान संयोजक रहेको ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा संयोजक रहेको खसान गणराज्य र खड्गबहादुर श्रेष्ठ संयोजक रहेको नेवाः गणराज्य पहिचानबादी मोर्चामा आवद्ध भएका छन् ।

पहिचानबादी मोर्चाका संयोजक प्रा.डा. लावतीले छरिएर रहेका पहिचानबादी शक्तिहरुलाई एक ठाउँमा ल्याउनु मोर्चाको मूल लक्ष्य रहेको बताए ।  सबै पहिचानबादी शक्तिहरुलाई एक ठाउँमा ल्याएर राजनीतिक रुपमा आफुलाई स्थापित गराउनु पहिचानबादी मोर्चाको उद्देश्य रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा गोपाल किराँती, डा. मित्र परियार, कृष्ण चेङ्वाङ, बुद्धराज स्याङ्तान, मलम लामा, पासाङ मोक्तान, लोकेन्द्रराज थापा र खड्गबहादुर श्रेष्ठले आफ्नो भनाइ प्रस्तुत गरेका थिए । राज्यले दलित जनजातीलाई जहिले पनि तल्लो बर्गमा राखेको, उपेक्षा गरेको, आफ्नो पहिचान खोसेको जस्ता उनीहरूको सामुहिक आरोप थियो । 

मोर्चामा आबद्ध अन्य पहिचानबादी संस्थाले आगामी दिनमा राजले आफ्ना मागहरू पुरा नगरे तेस्रो जनआन्दोलनको घोषणा गर्ने चेतवानी दिएका छन् । उनीहरूले आफूहरू आदिबासी र अन्य समुदाय अनादिबासी भएको जिकिर गर्दै आफ्नो अधिकार प्राप्त गर्न मर्न र मार्न तयार भएको बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise