२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

ब्लड क्यान्सर पीडित गुल्मीका घर्तीलाई सहयोग गर्न अपिल

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १४:४३
ब्लड क्यान्सर पीडित गुल्मीका घर्तीलाई सहयोग गर्न अपिल

काठमाडौं : गुल्मी दरबार गाउँपालिका वडा नं १ निवासी ४४ वर्षीय पर्शुराम घर्ती मगरको उपचारका लागि आर्थिक सहयोग गर्न नवजनविकास युवा परिवारले अपिल गरेको छ । 

झण्डै तीन वर्ष अगाडि मिर्गोला प्रत्यारोपण गरेका घर्ती मगरलाई ब्लड क्यान्सर देखिएपछि उपचार खर्च जुटाउन संस्थाले 'पर्शुराम घर्ती बचाऔं' अभियान सञ्चालन गरेको हो ।

क्यान्सरको उपचार पद्धति निकै खर्चिलो र आर्थिक अवस्था कमजोर रहेकोले अभियान शुरु गरिएको संस्थाले जनाएको छ ।

वीर अस्पताल काठमाडौंमा उपचाररत घर्ती संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समेत रहेका छन् । घर्तीलाई सहयोग गर्न निम्न खातामार्फत सहयोग गर्न आग्रह गरिएको छ । 

पर्शुराम घर्ती मगरको नाममा बुटवलमा रहेको खाता नं. ४७०७०१०००८८०६ मा सहयोग गर्न सकिने संस्थाले जनाएको छ । साथै ९८६७५४४५५३ मा सम्पर्क गरेर पनि आर्थिक सहयोग गर्न सकिने संस्थाले बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise