२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

लडेर वृद्धाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ साउन १० गते २१:२९
लडेर वृद्धाको मृत्यु

हुम्ला : हुम्लामा लडेर एक वृद्धाको मृत्यु भएको छ ।  ८५ वर्षीया वृद्धको घर जाने क्रममा बाटोमा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा ४ निवासी याङ्जुन लामा रहेकी छन् ।

सदरमुकाम सिमकोटदेखि आफ्नो घर बुरउसे जाने क्रममा बाटोमा चिप्लिएर घाइते भएकी लामाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयकी अनमी सरिता बोहराले बताइन् । उनका अनुसार मृतक लामाको टाउकाकोमा गहिरो चोट लागेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise