२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

वर्षातले घर भत्किँदा वीरेन्द्रनगरमा एक बालिका घाइते

ADV
कुलेन्द्र शाही
२०८१ साउन ११ गते १९:३०
वर्षातले घर भत्किँदा वीरेन्द्रनगरमा एक बालिका घाइते

सुर्खेत : वीरेन्द्रनगरमा वर्षातको कारण घर भत्किँदा एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो पौने ४ बजे वीरेन्द्रनगर–१३ करेखोला बस्ने खम्म बुढाको ढुंगा माटोले बनेको चारकोठे कच्ची घर भत्किँदा बालिका घाइते भएकी हुन् ।

घाइते हुनेमा खम्मकी १५ वर्षीया छोरी शुशीला बुढा रहेकी छिन् । घाइते ति बालिकालाई उद्धार गरी प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाइएको प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise