२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

खोलाले बगाएर दुई किशोरीको मृत्यु

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १९:५५
खोलाले बगाएर दुई किशोरीको मृत्यु

दैलेख : खोलाले बगाएर दैलेखमा दुई किशोरीको मृत्यु भएको छ । शुक्रबार बिहान गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा  खोलाले बगाएर ज्यान गएको हो । 

मृत्यु हुनेमा महाबु गाउँपालिका–३ बाँसीका अन्दाजी १६ वर्षीया फुपू सपना बुढा र भतिजी भावना बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । 

स्थानीय र प्रहरीले खोजी गदै जाँदा झण्डै साथ सय मिटर टाढा सार्कीखेत नजिक सपना र करिब तीन किलोमिटर टाढा कुटेताल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise