२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

मानव कंकाल फेला

ADV
कुलेन्द्र शाही
२०८१ साउन ११ गते २१:२१
मानव कंकाल फेला

जाजरकोट : जाजरकोट नलगार्ड नगरपालिका १० ध्यारगाउँको  सारेकते जगंल रहेको भिरमा मानव कंकाल फेला परेको छ । रातो कलरको सुइटर, आकासे रङको ट्याक लगाएको मानव कंकाल(हड्डी) फेला परेको हो ।

मानव कंकाल फेला परेपछि स्थानीय बल बहादुर ध्यारले प्रहरीलाई जानकारी गराएका थिए । सो पश्चात प्र.स.नि.राजु चौधरीको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । 

उक्त कंकाल सोही स्थानका ७१ वर्षीय रंगवीर ध्यारको रहेको पुष्टि भएको छ । रंगवीरको काका नर बहादुर ध्यारले कपडाको आधारमा सनाखत गरेका छन् ।रंगवीर २०८० चैत २१ गते घरबाट हराएका थिए । 

ई.प्र.का. रग्दा जाजरकोटमा हुलियासहितको निवेदन दिएको र थप अनुसन्धानको लागि ई.प्र.का. दल्ली जाजरकोटबाट प्र.नि. माधव प्रसाद चौधरीको कमाण्डमा टोली खटिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन्  ।

ADVADV

सम्बन्धित खबर

Advertise